एन्तोर्पेन,बेल्जियम ।
गत अक्टोबरमा लुभेनमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशनमा गठित नयाँ कार्यसमितिको पदभार हस्तान्तरण र बझबुझारथ एक कार्यक्रमवीच गत २४ डिसेम्वरमा एन्तोर्पेनमा भयो ।
पदभार ग्रहणपश्चात कार्यक्रमका अथिति नेपालका ख्यति प्राप्त लोक गायक तथा कवि नरबहादुर विसीलाई सम्मान गरिएको थियो । सोही अवसरमा नरबहादुर विसी, मोहन खत्री, जमुना गैरे, डिल्ली अम्माई, विमल गिरी, सौरभ कारञ्जित, दीपेन्द्र के.सी., राजकुमार पुडासैनीले कविता वाचन गर्नुभएको थियो ।
अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको कार्यक्रमको प्रथम शत्र निवर्तमान महासचिव परमानन्द सापकोटा र दोश्रो शत्रको सँचालन महासचिव सौरभ कारञ्जितले गर्नुभएको थियो ।
सोही दिन वसेको कार्यसमितिको बैठकले सन्तोष न्यौपाने, गोपाल दाहाल, बुद्ध बस्नेत र श्रीराम प्रसाईलाई सदस्य पदमा मनोनयन गर्दै हालै एनआरएनको केन्द्रीय सचिवमा निर्वाचित समाजकी पूर्व सदस्य जानकी गुरुङलाई बधाई पनि ज्ञापन गरेको छ ।
