जब हरायौ हावासँग अनि सोध्छु घामसँग बताससँग
जुन दिन देखे तारासँग अनि सोध्ने गर्छु आकाससँग
भन्यौ खोजी हेर म तिम्रै वरिपरि आसपासमा छु
तर रहेछौ तिमी मेरो धड्कनसँग साससँग
तिमीलाई मुटु कलेजी दिन हर क्षण तयार थिए
त्यसैले यो समाजसँग लडेको छु हरेक अभावसँग
पाउन त हजार पाइन्छन् फरक यति हो मन मिल्नु पर्छ
बाँचिरहन्छन् युगौ युग प्रेम समन्ध, गाँसिए खाससँग
रामकृष्ण पौडेल अनायास
