Skip to content

सात समुद्र छिचोलेको जिन्दगी


अतितले पनि तर्साउँछ भुल्न सकिन,
उकालीको चौतारीमा सुसाएको जिन्दगी
डाँडाको भन्ज्याङले समेत खोज्न थालेछ,
पाती चढाई ओझेल भएको मेरो जिन्दगी

पारि टारको पहेंलो तोरीबारी भुल्न सकिन
लहलह झुलेका अन्नबाली देखेको जिन्दगी
घरकी बुढी साइँली गाईले खोज्न थालिछे,
तिनको दुध पचाएर हुर्केको मेरो जिन्दगी

बरपीपल निस्ताए होलान भुल्न सकिन
पधेंराको पानी कलकल पिएको जिन्दगी
दलिनका गौंथलीले समेत खोज्न थालेछन,
कठै, सात समुद्र छिचोलेको मेरो जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *