शहर पसें गाउँमा आफ्नै खेत घर हुँदा
खुशी त उतै रहेछ बाआमाको भर हुँदा
म आएको पहिलो रात यति त रोइन
त्यै रात आमाको निद हराएको खबर हुँदा
बैनेले हिड्ने बेला पोको थमाउदै भनिथिइन्
दाइ भोक लाग्दा खानु है लामो सफर हुँदा
मैले नाखाएरै राखेको छु आजसम्म पनि
फुकाउने सकिन खान कतिरहर हुँदा
जब राहदानी पैसा दलालमा डुवाएपछि
कहिल्यै फर्किन सकिन गाउँ, उतै नजर हुँदा
