अहिले झै लाग्छ ।
उनका छोरा खाडीमा ।
बुहारी अर्कैको गाडीमा ।
बुढीआमाको रोदन बेदना ।
सरकारले हेर्छु भन्थ्यो
पहिलाको नयाँ वर्षमा
फेरि नयाँ वर्ष आएछ
खै के नयाँ वर्षको शुभकामना दिनु
सरकार चुस्त हुन्छु भन्थ्यो
विकृति हटाउँछु भन्थ्यो
महिला हिसा अन्त्य गछु भन्थ्यो
बेरोजगारीलाई रोजगार दिन्छु भन्थ्यो
महिला नयाँ वर्ष आउँदा
फेरि नयाँ वर्ष आएछ
खै के नयाँ वर्षको शुभकामना दिनु
सरकार भ्रष्टचार हटाउँछु भन्थ्यो
चुडामणिले ५२ अर्व चट पारे रे
गोपाल पराजुलीले ६१ अर्व फैसला गरे रे
सरकारी कर्मचारी रंगेहात पक्राउ परे
पैसामा मेडीकल माफिया मौलाए
फेरि नयाँ वर्ष आएछ
खै के नयाँ वर्षको शुभकामना दिनु
मेलम्चीको पानी आउने भनेको
आज वीस नयाँ वर्ष भएछ
जनता काकाकुल छन्
घर घरमा गरिबता छ
सडक प्रदुषण छ
मानवता हराएको छ
फेरि नयाँ वर्ष आएछ
खै के नयाँ वर्षको शुभकामना दिनु
यही विचमा हरेस खानु हुदैन त्यसैले
नयाँ वर्षको सबैमा शुभकामना छ ।
हेमजंग कार्की
