Skip to content

शहर रित्तिएको छ (दशैं)


शहर रित्तिएको छ गाउँ घर भरिएको छ
यार दशैं तिहार फेरि पनि फर्किएको छ

पैसाभन्दा पनि ठुलो आशीर्वाद दिन्छ उस्ले
त्यो भिखारीले सबैलाई आसिस दिएको छ
शहर रित्तिएको छ र गाउँ घर भरिएको छ

मजदुर निर्वाहमुखी ज्याला माग्छ मलिकसँग
सर्वहारा भन्ने शासक एक बचनमै झर्किएको छ
यार दशैं तिहार फेरि पनि फर्किएको छ

भोको कुकुर भन्छ सडकको भट्टी नजिकै गएर
मेरो पेटले न हड्डी देखेको छ न पानी पिएको छ
शहर रित्तिएको छ र गाउँ घर भरिएको छ

हेर जिन्दगीभर त्यो गरिब गरिब नै रह्यो हेर
टीका लगाउने निधार पसिनाले पुरिएको छ
यार दशैं तिहार फेरि पनि फर्किएको छ

यो बडादशैं तिमी जस्तै निस्ठुर थियो सायद
झुपडी भत्किएको छ छानो चुहिएको छ
शहर रित्तिएको छ गाउँ घर भरिएको छ

अन्धकारमा एक अन्धो जुङ्किरी समाउन खोज्छ
पाहिल्लै पिछे मोड्मोडमा जुङ्किरी तर्किएको छ

मैले सोधे कि किन आएनौ ए दशैं दरिद्रकोमा?
उस्ले भन्यो मेरो खुट्टा अमिरकोमै अल्झिएको छ

उस्ले धर्तीको धुलो लाएर,देशको मिट्टि खाएर दशैं मान्यो
त्यै भएर त हरकोही यहाँ पेट र छाती फुलाएर हिडेको छ

शहर रित्तिएको छ गाउँ घर भरिएको छ
यार दशैं तिहार फेरि पनि फर्किएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *