आफू बाँच्नुको यही आधार मान्छु म
बाबु आमा ईश्वर साक्षात्कार मान्छु म
कुन तिर्थ जाँदा भगवान भेट्यो कसले
मेरी आमा देवीको अवतार मान्छु म
जो कसैको साथमा हुन्छन् बाबु आमा
ईश्वरले दिएको त्यो उपहार मान्छु म
वृद्ध बाबु आमा आश्रममा छोडी आउने
सन्तान बस्ने त्यो घर ओढार मान्छु म
देवता सोचे बाबु आमा मन्दिर बन्छ घर
खुशी फुल्ने आँगन पिढी शृंगार मान्छु म
रेखा पन्त
गोर्खा, हाल इजरायल
