अरुण तमोर सप्तकोशी सुक्दैछ आमा
अटल अमर सगरमाथा झुक्दैछ आमा
नरपिचास कुलंघार देशद्रोहीले गर्दा आज
नेपाल र नेपालीको सपना टुट्दैछ आमा
बिर्सिसके कर्तव्य, भुलेर नाता सम्बन्ध
नेपालीको एकता किन फुट्दैछ आमा
भाइचारामा बाँधिएको सदभाव, शिष्टचार
भुली भाइले अर्को भाइलाई कुट्दैछ आमा
तुलो बराबरी पार्छु भन्ने बहाना गर्दै यहाँ
हेर्नुस् त बैरीले हाम्रो घर लुट्दैछ आमा
राजनीति रणनीतिको घिन लाग्दो खेलले
तिम्रो छाती चिरा चिरा पार्न जुट्दैछ आमा
शान्तिको बिगुल छर्दै बुद्ध फेरि जन्मिदेऊ
नत्र त अशान्तिको तुफान उठ्दैछ आमा
-सानु खतिवडा
मकवानपुर
हाल इजरायल।
