Skip to content


‘म अहिले प्रशस्त अनुभवरत छु । यस समय हामी एक्लै छैनौँ भन्ने कुरालाई हामीले सकारात्मक ढङ्गले लिर्नेपर्छ । भावनाहरू एक हुनु त यो संसारका सबैभन्दा महत्वपूर्ण कुरा हुन जान्छ । तिमीसँग भएको लगन, अनुभव, कर्तव्यबोध र वर्तमानको लक्ष्यलाई आग्रहका साथ तिमीले अगाडि बढाउन सक्छयौ भन्ने मैले पूर्णतः विश्वास गरेको छु । पक्कै पनि तिमी मेरो विश्वासलाई अति नै सम्मानका साथ लिनेछ्यौ भन्ने मैले आशा गरेको छु । आफन्तहरूबाट दिइने शुभकामनाका शब्दहरू पक्कै पनि स्वीकार्य हुनेछन् भन्ने विश्वास पनि ममा छँदैछ ।’

पिराजले जेठको पहिलो सातामा पठाएको यो पत्र अहिले मेरो हातमा परेको छ । म खुशी र कौतूहलसाथ उसको पत्रलाई पढिरहेकी छु । पत्रले दिएका तरङ्गलाई मैले शब्दहरूमा छान्न पनि सकिरहेकी छैनँ । विराज मेरो विशेष साथी उसलाई सम्झनै हुँदैन, आँखाभरि आँसु आउँछ ।

हुन त विराज र मेरो परिचय भएको त्यस्तै तीन वर्षजति भयो होला । काठमाडौंको एक कार्यक्रममा हामीले एकअर्कोलाई चिनाउने मौका पाएका थियौा । अकस्मात् भेटिएको ऊ अर्थात् विराजलाई अकस्मात् नै गुमाउन भने चाहन्नँ । ऊसँग भेट भैसकेका हरेक सेकेन्ड, मिनेट र घण्टाहरू हाम्रा लागि अविस्मरणीय भएका छन् । स्पष्टतः भन्नुपर्दा विराज मभित्र स्थापित प्रायः भैसकेको छ । बुझ्यौ, जीवनको गन्तव्य सार्थक बनाउन मृत्युसँग पनि युद्धरत रहनुपर्छ । मृत्युसँग नलडी अगाडि बढ्न सकिँदैन । मतलब भौतिकवादको अर्को अर्थ नै गतिशील हुनु या बनाउनु हो । हामी जीवन स्वीकारेको मान्छेले सार्थकताका लागि आफ्नो भावनात्मक कसीलाई मजबुत बनाउनैपर्छ । विराजले पठाएको यो दोस्रो पत्रको देश्रो हरफ पढेपछि मैले पनि भावनात्मक रुपमा के कुरालाई स्वीकारेको छु भने समयको निरन्तर उतारचढावलाई स्वीकार्न पनि सम्बन्धहरू मजबुत हुनैपर्छ । भावना मजबुत भए नै माया मजबुत हुन्छ ।

भोलिको इतिहास कोर्न हामीजस्ता मान्छेले टोलाउनु, अल्झनु पटक्कै हुँदेन । आफ्नो विश्वास र आत्ममामा निरन्तर हुनुपर्छ । चोट र खोट लगाउनुहुन्न । त्यसैले तिमी दुख्नु हुन्न । कुनै पनि व्यक्तिलाई तबसम्म सुखी नठानियोस् जबसम्म ऊ मृत्युवरण गर्दैन रे । मृत्यु नै सर्वथा सुख हो । त्यो बाहेक अरु सुख हुँदैन । अँझ म त भन्छु, तिमीले यसरी नै बाँच्नुपर्छ । यही सक्रियता, यही लगन र यही अनुभवका साथ व्यक्त अव्यक्त पीडालाई दमन गर । त्यसैले म आफूलाई दुख लाग्दाभन्दा तिमीलाई दुख लाग्दा यो मन दुख्छ । जीवनको सक्रियता नै यही हो । विराजले यतिखेर पत्र टुङ्ग्यायो । उसले खाली सम्बन्धका कुराहरु, त्यो पनि उपदेश दिने किसिमले मात्रै लेखे.को कुरा मलाई मन परेन । तर पनि उसको पत्रले सिङ्गो आस्था बोकेको थियो ।

म सम्झन्छु, गएको महिना मात्र हामी दुवैबीचको सम्बन्धलाई अँझ फरक किसिमले स्थापित गराउन सक्छौं भन्ने कुरामा घण्टौँ घण्टा बहस गरेका थियौँ । कुरा गर्दा गर्दा समय बितेको कुरा न उसले थाहा पायो न त मैले नै महसुस गरेँ । आहा कति रमाइला अमूर्त भावनाहरु, सौहार्दता र यथार्थता मनभरि बोकेकार अन्यमस्तकतालाई हामीले कसरी एउटै घरमा ल्याएर उभ्याएका थियौँ । वास्तवमा हामीले कसरी अमूर्त माया गरेका थियौँ । शारीरिक सम्पर्कभन्दा माथि उठेर दुवैका मुटुका ढुकढुकीहरू छाम्दै र अनन्त आकाशलाई साक्षी राख्दै गरिएका मायाहरू शरीरभन्दा माथि हुँदा रहेछन् ।म हुन तच विराज मलाई भेटेका हरेक क्षणहरुमा मसँग रुने गर्थ्यो । तर त्यो रुवाइ मप्रतिको आसक्ति, साँच्चैको माया या यौनप्रति उठेको आसत्तिःका कारण उठेको मानसिक, विद्रोह हो ?

हिँड्ने दिन विशेष काम परेको छ भनेर ऊ एयरपोर्ट ढिलो आएको थियो । तिमी गएपछि इमेल र फोनमा लगातार कुरा गर्ने है । उसले यति कुरा गरेर तरक्क दुई थोपा आँसु झारेको थियो । टाढा गएपछि सबै कुरा टाढिन्छन् भन्ने कुरामा मलाई एकदमै विश्वास छ । र यी मेरो जीवनमा भएका धेरै सम्बन्धहरुमा सत्य साबित पनि भएका छन् । प्लेन माथिमाथि उड्दासम्म पनि उसकिो हात हल्लिरहेको देखिन्थ्यो । बिस्तारै प्लेनबाट टाढियो या उसको आकृति प्लेनबाट बिस्तारै देख्न छाडियो । उफ । वास्तविक जीवनमा पनि यसरी ऊ देखिएन भने या टाढाटाढा हुनुपर्यो भने के हुन्छ? मैले त कल्पना नै गर्न सकिनँ । अब काममा जानुपर्छ । चिया तयार भयो । मेरो साथीले यसो भनी । हामी एउटै अपार्टमेन्टमा मिलेर बसेका छौँ । परदेशमा यसरी मिले बस्ने विद्यार्थीहरू धेरै हुन्छन भनेर आमाले परदेश लाग्नुभन्दा अगाडि नै भन्नुभएको थियो । त्यसैले परदेश आउनासाथ साथीसँगै बस्ने चाँजोपाँजो मिलाएकी थिएँ । हामीसँगै बस्छौँ ।

“आज एकदमै जाडो छ,” ऊ यति भनेर नुहाउन वाथरुमभित्र पसी । म भने विराजले पठाएको सबै पत्रहरुलाई फेरि केलाएर हेर्न थाले । दुख बढ्दै गएको अवस्थामा सम्झना ताजा रहनुको अर्थमा पनि खुसी लाग्यो । मैले वास्तवमै आफूलाईभन्दा बढी कसैलाई सम्झना र माया गरेको छु भने त्यो तिमी मात्र हौँ । यसर्थ तिमी अलिकति खुसी हुनुपर्छ । म फेरि फेरि पनि विराजले लेखेका यी पत्रहरू पढिरहेकी छु ।

कमला बुढाथोकी सरुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *