एक्लै हुन्छु एकान्तमा तिम्रै तस्वीर छुन्छु आमा,
पोल्छ छाती तिम्रो यादले बर्बराउदै रुन्छु आमा
किन गयौ एक्लै छोडी यो संसारमा मलाई,
हेप्छन यो दुनियाले अनि एक्लो हुन्छु आमा
चुरा बज्दा पारीपट्टि तिमी आयौ जस्तो लाग्छ,
चिच्याउदै रुन्छु जब तिम्रो बोली सुन्छु आमा
जहाँ गए नि सधैं पीडा यो अभागी कर्म मेरो,
साझ बिहान सधैंभरि आँसुले मुख धुन्छु आमा
नाम: समीर भण्डारी
हाल: मुम्बई महाराष्ट्र, भारत
