Skip to content

अचेल सपनाको महलतिर हेर्न छाडेको छु


चेल सपनाको महलतिर हेर्न छाडेको छु
आँखाभरि भरिएको सपनाको भारीले थाकेको छु
चहिदो नचाहिदो सपनाको आकार बनाउने आँखादेखि रिसाएको छु
हो म अचेल सपनाको गाउँतिर जान छाडेको छु

पुरा नहुने सपना पनि आँखाँको बाटो भई
मेरो हृदयमा राज गर्न खोज्छ
मलाई सपनाको महल चढाई बेला बेला
महलकै दुनियामा धकेल्न खोज्दछ
जाहा न त सत्यता छ न त वास्तविकता
तर मलाई त्यही सपनाके राज्यमा कैद गर्न खोज्छ
सत्य र वास्तविक जीवनबाट टाढा टाढा बनाई
जीवनलाई ओझेलमा राख्न खोजेको छ

सपनाको त्यो महलले मसँग खेल्न खोज्दछ
नाक समाई आँखा जुदाइ ओठलाई टोक्दछ
ओठको रसपानले मलाई कता कता के के बनाएको छ
झसँग भए म कतै मेरो जीवनलाई सपनाले घेरेको छ
सपनाले घेरेको यो घेरालाई बुझन मन लागेको छ
किन मेरो वरपर आई ब्यर्थै वासना छर्दो रहेछ
किन मेरैसामु आई मलाई अल्मल बनाउने गरी चिथोर्दछ
म थकित भएको ती सपनाहरुबाट
जस्ले कहिले खुशी लिएर आउछ
कहिले दुखको भारी बोकी आउछ
म निधाएको बाटो भएर आउछ
र त्यही निदाएको बाटोमै बिलाउँछ

आज मलाई सपनासँग केही सोध्नै मन लागेको छ
किन तिमी आउछौ मेरो नजिक
किन मेरो वास्तविक जीवनभन्दा
फरक सन्दर्भ लिएर आउछौ
भन म थकित भएको छु तिमीबाट
हरेश खाएको छु म तिमीबाट
कति तिम्रा स्वपन यादहरू मसँग छ
कति त तिमीसँगै विलिन भएर गएको छ
आखिर किन आउछौ मेरो निन्दरीमा
किन आउछौ म वेहोश भएको बेलामा
किन म निदाएको बेलामा मात्र
मलाई रामरो नरामरो रंगी विरंगी सपना दिएर आउछै
म हार खाएको छु तिमीबाट
कि त तिम्रो र मेरो सम्बन्धलाई स्पष्ट गर
कि त तिमी म निदाएको बेला आउन छोड
कि त म देखी धेरै धेरै टाढा भई जाऊ
म तिमरा ती सपनाहरुलाई राख्न सकिन
मेरो हृदयको महलमा सजाउन सकिन
म अब सपना हेर्न चाहदिन
म अब सपनाको महल तर्फ हेर्न चाहदिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *