Skip to content

त्रास जागेकाे छ

गाईजात्राको के कुरा गर्ने
देशै भरि जात्रैजात्रा छ
केही अपराधीको नजर खोजिरहेकोे छ
कतातिर बालिका छ र कता छात्रा छ
जात्रा भन्नु के खतरै खतरा छ
सकियो भनेर नसोच्नु
यहाँ बारैमास जात्रैजात्रा छ ।
तोकिएको गाईजात्रा सकियो त के भो
अब मुखैमा दसैंतिहारको जात्रा आएको छ
बलात्कार हुनबाट बँचेका नानीहरुका मनमा
खुसी छाएको छ ।
यसका लागि बाबु भएकाे नाताले
ऋणमाथि ऋण बोकेर
मुसुक्क हाँसिदिनु छ
थोत्राथाम्रा लुगा खोजेर पात गाँसेझैं गाँसिदिनु छ
तिनका जिउमा झुत्राझुत्री टाँसिदिनु छ ।
ए लुगा बेपारीहरु
भर्खर सिएका राम्रा लुगा खेर जाने भए
यहाँलाई चाहिन्थ्यो कि ?
नब्बे प्रतिशतको छुटमा सेल लगाउन पाइन्थ्यो कि ?
मलाई ता अब सद्दे लुगा चाहिन्नन्
तपाईंको दोकानतिर
मुसाले काटेका केही लुगा पाइन्थ्यो कि ?
किनभने
कान्छी छोरी समेत हुर्किइसकी
ऊ त नच्यातिएका लुगा नै नलाउँने भइसकी
दिदी भन्दा पनि एक बित्ता माथि गइसकी
उसले ता झन् छिँडै छिँड परेको झुल मागेकी छे
जिउमै टाँस्ने डेन्डाइफ खोज्न बजातिर लागेकी छे
उसको हर्कतबाट मलाई संका छ
उसलाई कुनै ब्वाँसोले दागेको छ
यो बाबुको मन भरि सुर्ता लागेको छ
कतै निर्मला पो हुन्छे कि भन्ने त्रास जागेको छ ।।
त्रास जागेकाे छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *