जन्मदै कर लाग्यो फालिदेऊ है आमा
जन्मीहाले चर्पीमा हालिदेऊ है आमा
मोज गरेर बोज बोकाउने गद्धारी मेरा,
अपराधी बाबालाई ढालिदेऊ है आमा
हजुरलाई पनि कतै बाधा आउछ भने
म बस्ने पाठे घरै टालिदेऊ है आमा
होइन भने बाँच्न पाउने अधिकारको
एक पाइलो अगाडि चालिदेऊ है आमा
समीर भण्डारी
पुणे महाराष्ट्र
