प्रतिविम्ब बिना विम्ब, जन्मदैन कसैगरी
विम्ब र प्रतिविम्ब त, छायाँ रूप दुवै थरी
प्रतिविम्ब भए जस्तो, विम्बको अनुमान छ
सकिदैन सदै गर्न, फरक हुन सक्तछ
स्वरूप फरकै भन्न, सकिदैन सदै भरी
गरी पृथक हेर्नै त, सकिदैन कसैगरी
हेरी नक्कल कुनैको, सकिन्छ सार बुझ्न त
शक्कल अनुसार त, नहुन पनि सक्तछ
प्रतिकृया पाएँ हेरेँ, मनका ती कुरा पनि
साथी लाइक गर्नेको, वन्दना गर्छुमै पनि
