Skip to content

टुक्रेको मुटु वियोगमा


टुक्रेको मुटु वियोगमा मैले, बटुली राखेको छु
प्रेमको बदला पाएको चोट, असुली राखको छु

मर्नु त पक्कै पर्छ एक दिन, अमर यहाँ कोही छैन
सुकेको बोट नसोची हुँ अमर फुली राखेको छु

जहिले यो मनलाई सम्झाउँछु, आशैमा झुन्ड्याई
यो कालो रात चिर्नु छ भनी, रझुली राखेको छु

भन्नु छ जे-जे भनोस् यो दुनियाँ, पागल भो भने नि
कसैको यादलाई बनाई साथी म भुली राखेको छु

एचएल गौतम (अर्घाखाची)
खनदह3 हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *