अरुलाई धकेलेर अफ्नो स्वार्थ पुरा गर्छ मान्छे
आफूभित्रको आशक्तिदेखि सधैं हार्ने मान्छे
अरुको ढोका कुरी कुरी मागी खाने मान्छे
आफ्नो ढोकामा माग्न आउनेलाई लघार्ने पनि मान्छे
अरुलाई दोष दिएर उम्कन खोज्ने मान्छे
आफ्नो दोष कहिले न देख्ने मान्छे
अरु को घरमा आगो लगाउन सजिलो मान्ने मान्छे
आफ्नै घरमा आगो लाग्दा अरुलाई गुहार्ने मान्छे
अरुको झुठो प्रशसा सुन्नमा रमाउने मान्छे
आफ्नो तितो सत्य सुन्नु पर्दा रिसाउने मान्छे
अरुको लागि जाल बुनी हिड्ने मान्छे
आफै जालमा परेपछि अनि रुन्छ मान्छे
अरुको पद प्रतिष्ठा र सम्पतिमा आँखा गाड्छ मान्छे
अफ्नो आडम्बरलाई बचाई राख्न झुठो बोल्ने मान्छे
शेखर ढुंगेल
