(१)
एकलाई बथान नगनियोस्
मूर्खलाई शिक्षित नभनियोस्
हुँदा हुँदा अब त अति भयो
तला छाप्न आगन नखनियोस ।
(२)
म सत्यलाई पापले गुनौला
सत्रु जति छन् तीनलाई चुनौला
अब ठिक पार्नु तिमीले डोरी
आफ्नो मृत्युको पासो आफै बुनौला।
(३)
आपसी कलहलाई आर्यघाटमा पोल्नुपर्छ
प्रगाढ सम्बन्धको नयाँ बाटो खोल्नुपर्छ
कोरा विचारले मात्र चल्दैन अब
प्रत्येक ओठओठमा हामी नेपाली बोल्नुपर्छ।
(४)
यहा अहितको औंला गन्नेहरू छन्
यहाँ अरुको लागि राम्रो बन्नेहरू छन्
तैपनि हामीलाई छ चिन्ता यो देशको
यस्तो सोच्ने जति मरोस् भन्नेहरू छन्।
(५)
म सुखमा हुर्केको छैन
म दुखमा फुर्केको छैन
तैपनि चेक गर मेरो प्रेम
म कतै नि झुकेकेको छैन।
विवेक दुलाल क्षेत्री “दमक”
वास्तविक नाम :भानु भक्त दुलाल
