दु:ख पीडा सबै बिर्से, तिमी आएपछि
मुटुभित्र धड्कन बनी, दिलमा छाएपछि
स्वार्थ पुरा गर्ने मात्रै, भेटें जिन्दगीमा
माया के हो आभास भयो, तिम्लाई पाएपछि
मनका कुरा खुली गर्ने, तिमी नै छ्यौ एउटा
सबै बाट् चोट र पिड़ा, धोका खाएपछि
भाग्यरेखा, तक्दिरको, हराएको चिनो
त्यही मूटुमा भेटे आज, संसार धाएपछि
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
