छाडी गयौ र? होइन लाग्छ, चारैतिर खोज्दै छु म
साँचो हो कि कल्पना मात्र, किन यस्त सोच्दै छु म
परेली यी रसाए आज, पराई भयौ रे भन्ने सुन्दा
आफ्नै मुटुमा तीर हानी किन आफै घोच्दै छु म
सुन, चाँदी, हीरा, मोती दीन केही सकिन मैले
बाँकी जीवन उपहार स्वरूप दिन्छु भनी रोज्दै छु म
दापत्य जीवनको कामना छ है, संधै सुखिरहनु तिमी
दु:खी भई होइन साच्चै खुसीका आँशु पुछ्दै छु म
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
