Skip to content

उनीसँग भेट्ने


उनीसँग भेट्ने मेरो, अन्तिम एउटा धोको थियो
मनभरि माया अनि, वेदनाको पोको थियो

उन्कै वस्ने शहरमा गई, कयौं दिन बिताउँदा नि
भेटै नभई बिछोड हुँदा, यो मन कति रोको थियो

हर-एक उपहार छानेको थें, उन्कै लागि दिन्छु भनी
खाई-नखाई सगाली पैसा, आफ्नै पेट भोको थियो

मेरो माया चाहिन्न भन्छीन, औकात छैन मेरो अरे
किनभने मेरो हातमा, खुर्पा, नाम्लो, डोको थियो

एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *