Skip to content

थाहा छैन म को हुँ


थाहा छैन म को हुँ, मलाई आफैं
हुन्छ, कहिले त मरूँ, जलाई आफैं

यो मुटु त लाग्थ्यो मेरो आफ्नै होला
धोका दियो यस्ले भोगे, भरपाई आफैं

किन ? आफन्तको भीडमा रहेर पनि
हुँ कि जस्तै लाग्छ सबैको, पराई आफैं

जिन्दगी यो कुनै बेला, आफ्नै वशमा थियो
अहिले आएर बनाए स्थायी, अस्थायी आफैं

एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *