Skip to content

आफ्नै घरको जमीन छोडी


आफ्नै घरको जमीन छोडी, शहरतिर किन सरौं
हलो-जुवा गरी बरू, लाग्छ गाउँमै खेती गरौं

हिंडी मात्र हुन्न हजुर, गन्तव्यमै पुग्नुपर्छ
बीच बाटोमै फस्न किन ? जानी जानी जघांर तरौं

सुखी होश या दु:खी जीवन, जे भए नि खुसी छु म
दुनियाको पछि लागि, मधेश तराई किन झरौं

आफन्तलाई लत्याएर, धन-सम्पति जोर्नुभन्दा
सपानाहरू जलाएर, दु:खई गरी-गरी मरौं

एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *