टाउको ठाडो पारेर तिमी मानिस लखेट्छौ
शिवको माला ठानेर तिमी लोकमा पुजिन्छौ ।
सामुमा तिम्रो दर्शन भए हच्किन्छ संसार
सज्जन रक्षा दुर्जन बध खै भयो संहार ।।
जो अघि पर्यो उसकै लीला समाप्त गरेमा
कसरी बन्छ साधुको घर त्यै काम भएमा ?
न हुन्छौ ईश रहन्न आश तिमीमा कसैको
नेपाल फाँड्ने डसेर हिँड नमस्ते सबैको ।।
गोमन हुन हुँ भन्नु छैन कर्मले लेख्तछ
नाममा काम छ भने मात्र लोकले मान्दछ ।
विषालु मान्छे जन्मेछ यहाँ गरेर अत्याचार
मान्छेको होस उमार्नलाई देखाऊ चमत्कार ।।
गोमन मान्छे थपिएर पो ननिको हुँदैछ
मान्छेको विष नखानाले त विश्वास उठ्दैछ ।
जोडेर हात गर्दछु विन्ती बनन रक्षक
विषक्त मूल थुन्दिने तिमी भइद्यौ भक्षक ।।
–लेखबहादुर कार्की
त्रियुगा नगरपालिका– १२, कौवाई, उदयपुर ।
मोवाइल नं. ९८१६७७६३९३
