Skip to content

घरमै साग र सिस्नु खाएर

  • by

म घरमै साग र सिस्नु खाएर कहाँ म अघाउँछु
नदी बिर्सिएर पानी प्युन मरुभूमिमा म आउछु

म एक्लै हिड्न सक्छु भन्ने थहा पाएर ऊ भनिरहन्छ
आऊ मेरो हात समाउ म तिमीलाई हिड्न सिकाउँछु

जीवनभर नगरपालिका नदेखेकी नारीले भनिन्
म अब मेरो जँड्याहा लोग्नेको विरुद्ध उजुरी लेखाउँछु

हेर रक्सी पिएर घर झगडा गर्नु हुदैन, धेर हल्ला नगर
ऊ यसै भन्छ जब म उसलाई यस्तै भनेर सम्झाउँछु
यसैले त नदी बिर्सेर पानी प्युन मरुभूमिमा म आउछु

ऊ सय रुपैयाकै लागि साहुको गुलाम गर्न जान्छु भन्छ
तर किन भन्दैन कि आमा बाउलाई म काम सघाउँछु

दिनभरि सुतेर सपना देख्छ गर्न चाहिँ केही पनि गर्दैन
रातभरि छेपारो भनिरहन्छ भोलि चाहिं घर बनाउँछु

तिमी धेरै धन कमाउँछु भनेर धाग नदेऊ
किसान हु, म मानो रोपेर मुरी फलाउँछु

म घरमै साग र सिस्नु खाएर कहाँ अघाउँछु
नदी बिर्सिएर पानी प्युन मरुभूमिमा म आउछु

बिद्रोही कवि सुजन बुढाथोकी
रतुवामाई, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *