Skip to content

खोजिरहेछ, देशको सीमा


खोजिरहेछ, देशको सीमा हराएको हाम्रो कान्छा
शोषित र पीडितले मन पराएको हाम्रो कान्छा ।

दुई जातमा एक पुरुष अर्को नारी भन्दै
समाजमा पहिलोपल्ट कराएको हाम्रो कान्छा ।

महल र झुपडी बिच समानता ल्याउन
कानुनका ठेली फेर्न खराएको हाम्रो कान्छा ।

बन्दुक बिना ध्यान बस्नै नसक्ने बुद्धहरुको
अनुहारको पर्दाफास गराएको हाम्रो कान्छा ।

आज मात्र समाचारमा ऊ मरेको खबर पाएँ
हिजोसम्म झण्डा बोकी कराएको हाम्रो कान्छा ।

घायलश्री
पर्वत (हाल–म्याग्दी)
सम्पर्कः ९८४७१३८७०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *