Skip to content

बाँचुन्जेल केही राम्रो काम गर


जिन्दगीको के भर छर के भर छ र
बाँचुन्जेल केही राम्रो काम गर
हे माया मारेर माया मारेर
जान्छौँ एक दिन संसार छाडेर ।

बाँचुन्जेल खैला र बैला खैला र बैला
धन सम्पति हातको हो मैला
हे माया मारेर माया मारेर
जान्छौँ एक दिन सबथोक छाडेर ।।

दुई दिन बाँच्दा तेरो र मेरो
मरेपछि संसारै अँध्यारो
हे माया मारेर माया मारेर
जान्छौँ पक्कै संसारबाट बिदा भएर ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *