Skip to content

नरोए झै गर्नु पर्याछ

जिन्दगीको कति कति पल रोई हिँड्दा , नरोए झै गर्नु पर्याछ।
त्यहीमाथि भाग्य ले नी , गर्नु गर्याछ।
एउटै मुटु टुक्रिएर , अन्तै तिर बहकिदा
धेरैकुरा थाहा भएर नी , नभए झै गर्नु पर्याछ।
कुर्दै छु त्यो दिन ,यही पाउँ समातेर रुँदा
यही चोखो मुटु निकालेर , त्यो मुटुलाई फेर्नु पर्याछ।
म त मरी गए जाउँला बरू, चोखो मुटु दिएर
चोखो मुटु लिएर बाँच्न कति गाह्रो छ, उनलाई दिएर हेर्नु पर्याछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *