Skip to content

दिल चोरेर फरार छ

  • by
LakpaSherpaSamarpit

कति मान्छेहरू भेटिए, छुटिए मान्छेकै बजार छ
कैयो हराएको छ यहा, कोही सम्झनामा हजार छ

चोखो माया माया भन्दै, मिठो बोलीमा फसाएर
यहा एकले हैन कैयौले, मेरो दिल चोरेर फरार छ

सबले मिठो खान राम्रो लाउन, रातदिन खटिन्छन
एक मिठो सपनी आउदैन, लाग्छ मुनि तरबार छ

तिमी राधा बन्छु भन्दै, आयौ र गयौ जीवनबाट
मेरो भने कृष्णले झै, तिमीलाई सम्झना प्यार छ

आए बसे मनमा सबै, एकदिन गए फेरि मनबाट
जाने जति टाढा गएपनि, चित्र आँखामै सबार छ

लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *