Skip to content


मेरो कोठाछेउमा
सशस्त्र प्रहरीहरुको एउटा ठुलो सौचालय छ,
जहाँ दिनभरि मनपरी र फटाह कुराहरू मात्र बोलिन्छ,
म सुन्छु,
अनि कान भएर नै कुनै हैरान बहिरी आइमाई जसरी
अनि
फेरि पनि कान नसुनेको जस्तो गर्छु!

जब चिहानका परी जस्ता सानासाना,
सेताम्य रङ्गिबिरङ्गी बिल्लीहरू
अनि कालाकाला बोक्सी बिरालाहरुले बाटो काट्छन
अनि यी सहरका साँघुरा गल्लीहरुमा
दिनहुँ मलाई सडकछाप भुसिया कुत्ताहरुले
बेतुकले भुकिरहन्छन
म सुन्छु
अनि देख्छु
त कैले बाटाको पेटी र सडकको भित्तामा
मुतिरहेका कात्तिके कुकुर कुकुर्नीहरू
अनि
याद गर्छु … एकसाथ
प्रजातन्त्र, लोकतन्त्र,
वा समाजवाद अनि सर्वहारावर्ग भन्दै चिच्याइरहेका
सर्वसत्तावादी शासक
वा
मालिकका तडक-भडकहरू
अनि चोकचोकमा
जिन्दावाद भन्दै घन्काइरहेका, दन्काइरहेका
पवित्र प्रेमवाद्का सङ्गखनाराहरु..

दरबार, र ती कुनै अग्ला ताजमहलमा राज गरेर स्वर्गका
अफ्सराहरू झै सजिएर
तिनै
बसिरहेको जस्तो देख्छु
देख्छु
धर्तीका झुपडीहरुबाट चरो चेपेर उडेका ती रङ्गिन चराहरू … पनि
आकाशको कुनै वायुजहाजमा हराइरहेको जस्तो
देख्छु
अनि
सम्झन्छु………….
अनि फेरि
मन भएरै पनि बिर्सन्छु…..
यो देशको दर्शक अनि जनता भएर पनि
अनि अन्धा जस्तै सस्ता यी आँखाहरू चिम्लन्छु…..
यसर्थ कि,
मलाई लाग्छ…..
सायद हामीहरू नै उनीहरुको लोक भएर…
नालायक भैदियौ !!!

जब म मन्दिर या धाममा ती मूर्ति ढुङगे भगवानहरुलाई सन्झन्छु
तीर्थयात्रीका रामनामको नाटक र जपलाई बेकाम सम्झन्छु….
तब बाहिर तिनै भक्तका जुत्ता-चप्पलहरुले पर्खिरहेका तडपलाई गन्छ
ती खुट्टाका पैतालाहरुले कुल्चिरहेका फूलहरू सम्झन्छु
अनि फरकफरक बेसहारा ती टुहुरा नाबालक
अनि आफूले आफैंलाई सफा गर्दा गर्दै
प्लाष्टरका भित्ताहरुमा खिइरहेका असाहय डस्टरहरुलाई सम्झन्छु
अनि स्वय म सडक-किनारमा
जिन्दगीभर उभिएर भत्किरहेका
भत्किएर उभिरहेका
या आकाश हराएर रोइरहेका जुनताराहरुलाई सम्झन्छु
सहरका ती पुराना अनि अध्यारा ल्यामपोष्टहरुलाई सम्झन्छु
ल्यामपोष्ट
जो हरेक बेलुकी बल्न आफू दिनभर घाममा जल्नपर्छ
अनि बाँच्चा झै यो सहरलाई सुताउन
आमा झै आफू जाग्राम बस्नुपर्छ
सधै….
धुलोधुवाँ, गरिबी, भोक, प्यास,

लाजले बलात्कार भएर
यो समाजमाज नाङ्गिरहेका कुनै सालिकका
अमुर्त
स्मारकहरुलाई सम्झन्छु
तब अचानक म बेतालमा बजिरहेको कुनै किर्तनको ढोलक या मादल
जस्तै हृदयबिदारक बन्छु
अनि उनीहरूसँगै भन्छु
कि,
“ए चट्टान पथ्थर र चिहानका नायकहरू हो!!
के तिमीहरू यहाँ बोल्ने जीव्रो भएर नै उस्को भजन गायक भएका हौ ?”

हरेकदिन मसानघाट जस्तै
मरुभूमिको जमिनमा दिनभरि गाली गरी-गरी
मेरो घरको माली,
मेरा बाउले हली जसरी झरीमा एक हल गोरुहरू जोत्छन,
झनकझनक रिसाएर रनक
कैले तिनीहरुलाई मुठ्ठीले बजार्छन
कैले लट्ठीले अनेक दनक दिन्छन
तब तिनीहरू फनक्क फर्किएर
फाली लागेका रक्ताम्य खुट्टाहरुले
कुल्चिएर,
बिचरी मेरी आमाको सपनासरी….
खेत‍-गराका सबै चिल्लाचिप्ला सारा हराबरा आलीहरू भत्काइदिन्छन
म देख्छु
हरेकदिन,
मलाई लाग्यो कि सायद,
हरेक साल बाझो मैदानमा,

मेरा बाउले सुनका बाला र त्यो सयमन धानको चामललाई सम्झिए
तर ती गोरुहरुले…….?
भने ….

“पत्येक पल नूनपानी र धानको ढुटो पराललाई सम्झिए !”

-सुजन बुढाथोकी
स्वयम्भु

Leave a Reply

Your email address will not be published. Required fields are marked *