आघातहरू कति कति, गन्न गाह्रो भो
को आफ्नो हो को पराया, भन्न गाह्रो भो
अतितको छुरी तिखो, रोपिएर होला
वर्तमान छिन्न भिन्न, चिन्न गार्हो भो
बेवारिसे वस्तु बने, टुक्रा ह्रदयका
धैर्यताको धागोले नि, तुन्न गाह्रो भो
परिस्थितिजन्य थियो, या योजनावद्ध;
जेभयो त्यो समाचार, सुन्न गाह्रो भो
व्यथाहरू बगिरहे, मुल फुटे सरी
समयको तगारोले, थुन्न गारो भो
यज्ञ प्रसाद गिरी
आनन्दवस्ती,ललितपुर
