Skip to content

खोज्दै छु

DBJirelRavi


म बसेको त्यो पुरानो, सदन खोज्दै छु
बिरानो सहरमा मेरो, वतन खोज्दै छु

त्यो सल्ला-घारी, त्यो मन्दिर छेउमा
मलाई खोज्दै आउने, नयन खोज्दै छु

त्यो एउटै बिस्तारा, त्यो तिम्रो अङ्गालो
मैले तापेको मायाको, दहन खोज्दै छु

उहिले झैँ छैन दिल, मान्छेको चोखो
पुराना दिल, पुरानो चलन खोज्दै छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *