Skip to content

दशैंतिहार फेरि पनि फर्किएर आयो


दशैंतिहार फेरि पनि फर्किएर आयो
फेरि गरिबलाई पिँडालु लिएर आयो

जुन मान्छे बिहानै बजार निस्किएथ्यो
त्यही मान्छे बेल्का रक्सी पिएर आयो

मेरो शिरमा ट्लटल ट्ल्किरह्न्छ तिम्रो ताज
मलाई लाग्छ यो पानी त्यतैबाट पोखिएर आयो

म गरिब छु, ऋणैऋणहरुको जन्मकैदी हु
आउनै नपाई अर्को झट्का दिएर आयो

अमेरिका गएकाहरू हवाइजहाजमा आएछन
मेरो छोरा सहरबाट ट्रकको छतमा उभिएर आयो

खसी छैन च्युरा चिनी गुन्द्रुक फर्सी खाऊ छोरा
किसान हुँ र त अस्ति बाढी उर्लिएर आयो

ए अमिर!चाहे यो दसै मलाई दुश्मनै सोचेर आओस
तर मेरो छोरो आज मेरो आशीर्वाद सम्झिएर आयो

दशैंतिहार फेरि पनि फर्किएर आयो
फेरि गरिबलाई पिँडालु लिएर आयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *