लुछिएको छ आज यो देश यसरी लुटिएको छ
मानौ कि जसरी सुन्दरिको सिन्दुर पुछिएको छ
भन भारतले के दिन्छ तलाई चिनले के दिन्छ(२)
बुद्धले भन्यो परिवारबाटै तेरो घर फुटिएको छ
आज यो देश लुछिएको छ यसरी लुटिएको छ
मालिक मेरो छोरोलाई बचाउनुहोस म गरिब छु(२)
ऊ निर्दोष छ तर किन अदालतमा मुछिएको छ?
लुछिएको छ आज यो देश यसरी लुटिएको छ
त्यो कारागार र यो स्कुलमा के फरक छ यार त्यहा?(२)
अपराधी चुटिएको छ यहाँ विद्यार्थी कुटिएको छ
लुछिएको छ आज यो देश यसरी लुटिएको छ
उस्लाई पनि रहर थिएन तातो पत्थरहरुमा हिड्ने(२)
हजुर बीच सफरमै उस्को चप्पल चुडएको छ
लुछिएको आज यो देश यसरी लुटिएको छ
सरकार उस्ले सडककामा आफ्नो आवाज मागेको हो(२)
लाटो छ ऊ नत उस्को आवाज नै बुजिएको छ
लुछिएको आज यो देश यसरी लुटिएको छ
मलाई अब भनिदेऊ भगवान, इन्सान अनि मसानहरु(२)
फुल चुढिएको छ किन चिहान र चट्टान पुजिएको छ?
लुछिएको आज यो देश यसरी लुटिएको छ
दिनदाहडै चोरस्याल र मुसाहरू भडारमा राज गर्दै हिडिरह्ये(२)
कारागार र खोरमा भने कुत्ताबिल्लीहरू थुनिएको छ
लुछिएको छ आज यो देश यसरी लुटिएको छ
ओ! प्रशाशक पैला तिमी आफ्नो कोट ट्क्टक्याउ प्याकेट(२)
जाली नोट छुट्टिनेछ जसरी कपडाबाट कक्रोज छुट्टिएको छ
लुछिएको छ आज यो देश यसरी लुटिएको छ
मानौ कि जसरी सुन्दरिको सिन्दुर पुछिएको छ!
