Skip to content

म तोडेर हेर्न चाहन्छु


म तोडेर हेर्न चाहन्छु कि यी मान्छेहरुको मन कस्तो छ?
ती गरिब मजदुरहरुलाई सधा बाधिरहने बन्धन कस्तो छ?

यो अदालत त अनुहारको मुस्कान हेरेर इन्साफ दिन्छ (२)
कानूनलाई कैले थहा छैन कि भित्रको जीवन कस्तो छ

बेरोजगारलाई जागिर दिने कम्पनीको हाकिम झै गरेर (२)
प्यारमा परेपछि मात्र उन्ले सोदिन कि त्यो सुजन कस्तो छ

अब नझुक्याउ ओ ! शासक, बेवास्था-पक !सत्यनाशक (२)
हामीलाई सब थहा भयो कि तिम्रो शासनव्यवस्थापन कस्तो छ

मानौ कि मैले उपहारमा तिमीलाई मेरो मुटु दिए (२)
तर तिम्ले त सोधिदियौ कि तेरो दिलको धड्कन कस्तो छ

फगत तिमी पनि यार मसान भएर मन्दिरमा बस्ने रहर गर्छौ (२)
हेर !फोक्सोको स्पन्दनले फुकेर! फुटेको त्यो बेलन कस्तो छ

पिँजडामा डाँफे मुनाल परेवाहरुलाई किन बन्दी बनाएको? (२)
बिचराले बिर्सियो सक्यो यार यो सिङ्गो गगन कस्तो छ

ती गरिब किसानहरुलाई सधा बाधिरहने बन्धन कस्तो छ?
म तोडेर हेर्न चाहन्छु कि यी मान्छेहरुको मन कस्तो छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *