Skip to content

यो जिन्दगीमा जे छ


यो जिन्दगीमा जे छ ! त्यो अन्तिम छ
के दिनु यार दुनिया बडो जालिम छ

बाकी त अब दिलमा स्ट्रेस नै रह्यो हेर ! (२)
एक हातमा ड्रग्स छ अर्कोमा अफिम छ
यो जिन्दगीमा जे छ ! त्यो अन्तिम छ

दिदा मात्र बढिरहने बदनको नसा झै (२)
संसारमै नभको प्रेम तिम्रो मायापिरिम छ
के दिन्छौ यार यो दुनिया बडो जालिम छ

बाटो काट्दै उनी अब नाकबाट बोल्छिन होला (२)
हातमा मोवायल छ मुखमा आइसक्रीम छ
यो जिन्दगीमा जे छ ! त्यो अन्तिम छ

सडकमा भ्रष्टचारीको भाषण सुन्नुभन्दा त बरु (२)
आऊ यहाँ योगि विकासानन्दको निशुल्क तालिम छ
के दिनु यार यो दुनिया बडो जालिम छ

निर्धालाई बहकाउने कारागार झै बुङ्गाहरू भन्छन (२)
ला ! खा ! अब केबल एक चिलिम छ
यो जिन्दगीमा जे छ ! त्यो अन्तिम छ

बीचित्र लाग्ने मुलुकको नाट्कीय राज्नीति नहेर ! (२)
हिरो नै नभएको गुण्डैगुण्डाहरुको फिलिम छ

यो जिन्दगीमा जे छ ! त्यो अन्तिम छ
के दिन्छौ यो दुनिया बडो जालिम छ ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *