Skip to content

पिनास र हृदयघात


धुलोधुवा र रुघाले मलाई पिनास भयो
डियनयस भयो अलर्जी राइनाइटिस भयो
बारम्बार सुछ्म अणुहरू पनि
मेरा नाकका प्वालहरुले इङ्कार गरिरह्यो
मैले फेर्ने प्रतेक सासहरुसङ्गै
धुलोधुवाहरू त हाछ्युहरुमा हराएर जान्थे
तर मैले जति नै तिरस्कार गरेपनी
जति नै इङ्कार गरेपनी
र जति नै घृणा गरेपनी
अञ्जान ती धुलोधुवाहरू भने
कुनै अग्यात दुलोहरुबाट
मेरो मस्तिष्कको द्वारसम्म अञ्जान आइरहन्थे
जब, म तिनीहरुलाई समाएर फ्याकिदिनेबारे सोच्थे
अफसोच तब तिनीहरू मध्ये केही
हावाहरुमा आकाश उढेर जान्थे
र गगनमै बिलाउथे
त कोही हावाहरू सङ्गै मेरो अन्तर-अङ्ग
अनि मेरो मनसम्म पुग्थे
लगातार म भने तिनीहरुलाई टुक्रा-टुक्रा बनाएर
फ्याक्न चाहिरहन्थे
प्रतिसोध चाहिरहन्थे
अससोच अन्तत
आकाश उढेर गएका ती धुलो-धुवाहरू पनि
फर्किएर पुन पृथ्वी आइरह्न्थे!
अनि घात-प्रतिघात गरिरहन्थे
र पिनास बल्झाइरहन्थे
उनीहरू आइरहन्थे
अनि घात गरिरहन्थे
र पिनास बल्झाइरहन्थे
उनीहरू आइरहन्थे!

जसरी कि तिमी यादहरुसङ्गै
मेरो हृदयमा आएकी थियौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *