काँडाको बार बाँध्नुपर्छ बिजुलीको तार राख्नैपर्छ
जङ्गलमा रुद्राक्ष रोपिएको छ चौकीदार राख्नुपर्छ
एकदिनमा हजार शृङ्गारले सजिएर ऐनामा हेरेपछि (२)
उन्लाई अनुहारमा अलिकति अहङ्गकार राख्नैपर्छ
तड्पाएर मारिएछ सडकमा भोका चोर कुकुरहरु(२)
सरकार! कहाँ गए ती अपराधीहरू कारागार राख्नैपर्छ
सरकार ऊ शहीद बन्नु अघि यस्तो इन्साफ मागेकोथ्यो(२)
हाम्रा लागि पनि हरेक दिन सडकमा कुकुरतिहार राख्नैपर्छ
अखबारमा समचार पढेपछि मेरा हजुरबाले भन्नुभयो(२)
यो देशको मुख्य समस्यामा भ्रष्टचार बलत्कार राख्नैपर्छ
यो मुलुकमा फेरि पनि अब बुद्धलाई बोलाउनुछ(२)
ओ ! देश्द्रोही अब बन्दुक बिसाएर हातहतियार राख्नैपर्छ
