यी मान्छेहरू हिजोआज बोल्दै बोल्दैनन
सायद उनीहरू अलिकति ठुला भएका छन्
मौन बसेर बुद्ध जगाउँछु शान्ति ल्याउँछु भन्छौ (२)
परिवर्तन म बोलाउँछु बोलिदेऊ एक बचन
यी मान्छेहरू हिजोआज बोल्दै बोल्दैनन
आज औटा बिद्वान मनुस्यले मर्नेबेलामा भन्यो कि (२)
मनोरञ्जन गरेरै बाचकै हैन यो मनुस्य जीवन
यी मान्छेहरू हिजोआज बोल्दै बोल्दैनन
सायद जिन्दगीभर तिम्लाई सम्झिएर हेर्न चाहेरै होला (२)
तिमीले टुटाइदियौ मन मेरो फुटाइदियौ नयन
सायद उनीहरू अलिकति ठुला भएका छन्
मैले उस्लाई मन्दिरको भजनकिर्तनमा गएर बस भने (२)
नाबालक झै कानमा आएर गरिरह्यो गनगन
सायद उनीहरू अलिकति ठुला भएका छन्
फगत तिमीले जतिनै बदनको अहङ्गकारको गरेपनि (२)
हजार शृङ्गगारले नि अधुरै रहन्छ बिधुवाको पहिरन
सायद उनीहरू अलिकति ठुला भएका छन्
राणाशासनको खण्डन गरेकैले साथी शहीद भयो (२)
मर्नुअघि उस्ले भन्यो कैले नगर्नु सोसकको समर्थन
यी मान्छेहरू हिजोआज बोल्दै बोल्दैनन
हेर एकदिन ऊ फेरि पनि तल झरेर कुवामा कुहिनेछ हेर (२)
आकाशको उचाइमा दौडिने धुवाको हुदैन वजन
यी मान्छेहरू हिजोआज बोल्दै बोल्दैनन
सायद उनीहरू अलिकति ठुलो भएका छन् !
