यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ
गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ
आज सरकारले महलको कुत्ता बेकार शहीद भन्दियो
सडकमा सच्चा क्रान्तिकारिको रगत पैसामा बिक्छ
यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ
तिमी पनि यार बेश्यालयमा बसेर धर्मको कुरा गर्छौ
बजारभर तिम्रो आदर्श गीता र भागवत पैसामा बिक्छ
गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ
यो संसारमा नबिक्ने त विचार भावना र मन हो हेर
यस्तो लाग्छ यहाँ अपराधीको हिम्मत पैसामा बिक्छ
यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ
सोध्यो कि आज एक भ्रष्टचारीले त्यो सुजन कहाँ छ?
मलाई लाग्यो कि पक्कै पनि मेरो जरुरत पैसामा बिक्छ
गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ
दिनभरि फुटपाथमा डस्टरहरू जुत्तामा घोटिरहन्छ ऊ
मानौ ऊ स्वय म डस्टर हो जस्को इज्जत पैसामा बिक्छ
अब जिन्दगीभर त्यो कारागारमा कुजिएर बस्नेछ हेर
जति नै माथि भए नि कहाँ जुनको खत पैसामा बिक्छ
यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ
जीवनभर जोतिएर पनि गोरु यसर्थ भाग्यमानी छ कि
पराल मात्र थुप्रिन्छ चामलहरू त फगत पैसामा बिक्छ
मैले बिपतमा तिमीलाई तिम्रो लास बोकेर चिहान पुर्याए
तिमीले त अस्पतालमै सोचिदियौ मेरो मद्दत पैसामा बिक्छ
उन्ले मलाई घर्वार छाड भनेर आफ्नु दर्वारमा बोलाइन
मैले सोचे कि मातृभूमिको माटो कहाँ धत! पैसामा बिक्छ
यार गरिब भन्छ सहरको त्यो अदालत पैसामा बिक्छ
यो सारा संसार अनि सिङ्गो यो जगत पैसामा बिक्छ!