कस्ले बुझ्छ यार मलाई कस्ले पुज्छ मेरो निधार?
सडकको कुत्ता भन्छ कैले आउँछ कुकुर तिहार?
सागरलाई भेट्न दिनहुँ दौडिरह्नन्छे सरिता र त(२)
बारम्बार छेबैमा खिइएर भत्किरहेछ नदि-किनार
सडक कुत्ता भन्छ कैले आउँछ अब कुकुर तिहार
रुदै जिन्दगीभर ढोकामै गीत गाएर गरिब गाउँ गयो (२)
हाँस्दै जब अदालतले नै भन्दियो कि कुनै गायककार
सडकको कुत्ता भन्छ कैले आउछ अब कुकुर-तिहार
फगत तिमी पनि यार बहिराहरुलाई आवाज सुनौछौ(२)
तिमी आफैमा लाटो छौ नबज्ने रेड्यो झै झ्यारझ्यार
सडकको कुत्ता भन्छ कैले आउँछ अब कुकुर-तिहार
चोरले कुकुर मार्नु अघि सोध्यो कि किन कराएको(२)
उस्ले भन्यो अधिकार हो भुक्न पाउनु मेरो अधिकार
सडकको कुत्ता भन्छ कैले आउँछ अब कुकुर-तिहार
ऊ बरु मर्छ मरे मान्दैन मान्दैमान्दैन कैले पनि तलाइ(२)
मानौ कि जसरी शहीदले राणासाशन गरे अस्वीकार
सडकको कुत्ता भन्छ अब कैले आउँछ कुकुर तिहार
पक्कै पनि ऊ आज मरेको हुनुपर्छ या बेहोस बनाइएको(२)
नत्र भने जाबो बिरालोले कसरी गर्यो बाघको सिकार
सडकको कुत्ता भन्छ अब कैले आउँछ कुकुर तिहार
ए मेरो हजुर भन्ने म घर आउनु अघाबै पैला गैसकिछे(२)
त्यो कुकुर भयो यार इमान्दार बरु तिमिरह्यौ गद्दार
सडकको कुत्ता भन्छ कैले आउँछ अब कुकुर-तिहार
तिमीले त अग्लो महलमा बेलायती डागो पालिछौ(२)
अब छाप्रोको छाउरोले मात्र गरिरनेभो गु खाने विचार
कस्ले बुज्छ यार यहाँ कस्ले।पुज्छ मेरो निधार
सडकको कुत्ता भन्छ कैले आउँछ कुकुर तिहार!
