उखान तथा बखान सुनियो, देखिएन विकास केही
इदम भ्रष्टम, उदम भ्रष्टम, भाको छैन खास केही
चुन्या रैछौ डाकै डाका, अब पोल खुल्न थाल्यो
खाटी कुरा बुझ्दै जादा, बाकी छैन विश्वास केही
लोभी पापी, छानी छानी बनाइए हर्ताकर्ता
कोही जान्छन जेलभित्र, अब लाग्छन बनवास केही ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
