मान्छेलाई बाँच्नै पर्ने कुनै, कर हुदैन
मन बसेन भने त्यो घर, घर हुदैन
आगो निलेर बाँचेका मानिसहरुलाई
जाबो चिताकै आगोसँग चैं, डर हुदैन
घमण्ड कसैले नगर्नु, मेरो अनुरोध
किनकि यहाँ कोही पनि,अमर हुदैन
आजभोलि दुनियाँ यति स्वार्थी भै सक्यो कि
यहाँ आफ्नै सन्तानको पनि, भर हुदैन
कसले भन्यो क्षेत्री बाहुन कामी दमाई
म भन्छु मान्छेको बेग्ला बेग्लै, थर हुदैन
—-वसन्त दहाल—–
