Skip to content

दुनियाकै सबैभन्दा सुन्दर अनुहार

अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ म

तिमीले मलाई पछाडिबाटै हटाएर अङ्गकार गरेर फगत
कति सजिलै सम्झियौ कि बजार भर्ने त्यो हजार हुँ म
अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ

बेस्या झै प्यारमा बहिस्कार सायद यसैले गरेको हुनुपर्छ
फुटपाटमा मानौ खल्ती फाटेको गरिब बेरोजगार हुँ म
अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ म

आज यो देश कस्तो हुन्थ्यो यदि हरेकले यस्तो भन्दिए
ओ!भारत होसियार सीमानाको वीर चौकिदार हुँ म
अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ

भ्रष्टचारीहरू हो तिमी उस्को लागि त पुजारी होलाउ
हेर तर नेपाल आमाहरुको लागि सिङ्गो संसार हुँ म
अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ

तैले जतिनै चिल्लाए पनि कस्ले दिन्छ अधिकार उस्ले?
अरे जस्ले बुझ्दैन सुन्दैन र भन्दैन कि तेरो सर्कार हुँ म
अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ म

जस्ले मलाई जुन बुद्ध भनेर जसरी जिस्काएथ्यो म हैन
मान बिद्रोही विचार हु कि तर वारहरुको धार हुँ म
अरे यार यो दुनियाकै सबैभन्दा सुन्दर अनुहार हुँ म
हुनसक्छ कि कसैको लागि त स्वयम् राजकुमार हुँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *