Skip to content

मान्छेले कहाँ यार


मान्छेले कहाँ यार यत्राको उच्च विचार हेरेर प्यार गर्छ?
यो संसार मान्छेको सुन्दर रुप र अनुहार हेरेर प्यार गर्छ

ती महलका मान्छेहरू सडक फगट फोटो लिन आएका हुन (२)
जस्तो कि घरकै मालिकले पनि कुकुर तिहार हेरेर प्यार गर्छ
मान्छेले कहाँ यार यहाँ यत्राको उच्च विचार हेरेर प्यार गर्छ

त्यो मन्दिरको भगवान भनौदो कुन भिखारी हो कि ब्यपारि? (२)
जस्ले मात्र भक्तिभाव भेटिको उपहारको ब्यपार हेरेर प्यार गर्छ
यो संसार….

हेर त्यो ! एकदिन बिल्ली बनेर कारागारमा सिकार हुनेछ हेर (२)
जो जीवनमा केबल बागबजार र सिहदरवार हेरेर प्यार गर्छ
यो संसार….

रुदै आज उदास हुँदै मरुभूमिको बगरले सागरलाई सोध्यो कि (२)
त्यो सरिताले कैले मलाई बालुवाको किनार हेरेर प्यार गर्छ?
यो संसार…..

त्यो फुल पनि स्वार्थी नै छ हेर त्यो जाबो जुन पनि खप्परमा (२)
आफू खत बोकेर अर्काको भाग्यमानी निधार हेरेर प्यार गर्छ
यो संसार…..

चोरले एकचोक्टा मासु बडादशैंको भन्दै फुत्त फ्याकियो खोरमा (२)
भुक्दैभुक्दैन खाते कुत्ता अहिले उस्लाई लगातार हेरेर प्यार गर्छ
यो संसार….

घैटाको घाम झै गरेर बिए अघाबै आज उन्ले पनि भनिन कि (२)
कुन स्वास्निले जिन्दगीभर लोग्ने बेरोजगार हेरेर प्यार गर्छ?
यो संसार…..

प्रकृतिमा शान्ति फैलाएर प्रेम गर्ने जगतमा ईश्वर ऊ नै हो हेर (२)
लाग्छ परेवाले प्यार हेरेर हैन हरेक जनाबार हेरेर प्यार गर्छ !!!

मान्छेले कहाँ यार यहाँ यत्राको ! उच्च विचार हेरेर प्यार गर्छ
यो संसार मान्छेको सब्से सुन्दर रुप र अनुहार हेरेर प्यार गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *