मेरो घरको झ्यालनेरको खेतमा
एउटा यस्तो गुलाफको बोट छ
जो न कैले फल्छन
न कैले फुल्छन फूलहरू
न कैले सुसाउँछन् पातका ओठहरू
न कैले बज्जछन पवनमा स्वर सर्गम भाकाहरू
न कैले चल्छन हावाहरू
फगट बेरङ्ग! अँझङ्ग अग्को!
उमेरमै ऐलाएर चाउरिएको अनुहार
उदाङ्ग सर्वाङ्ग नाङ्ग!
उदास!
उजाड!
रोग!
भोक!
प्यास!
अभाव
गरिबीले
र धुवाले
दुब्लाएको कुनै बचेरो झै
वा
बूढो मनुवा झै
अपहेलित!
तिरस्कृत!
बलात्कृत बहिनी झै!
या,
हुनसक्छ कि जिन्दगीभर खोलाधारमा उभिएर
रोइरहेको कुनै बगरको बालुवा झै
वा,
मानौ आफ्नै घरको कारागारमा बन्दी बनिरहेको
कुनै कैदी कचुवा
वा मयुर झै
खोट
अनि चोटै
चोटले चिरिएको कुनै सुन्दर चन्द्रमा जस्तै
वा,
हुनसक्छ यो पनि कि;
सिन्दुर पुछिएकी कुनै मधुर बिधुवा झै
अक्सिजनहरू हराएको कुनै तुलसाको मोठ झै
मेरो खेतमा यस्तै एउटा गुलाफ बिरुवाको बोट छ
म हरेक रात उस्को बारेमा सोचिरहन्छु
र हरेक बिहान झ्यालबाट हेरिरहन्छु
सिसाहरुबाट केही सोचिरहन्छु
ऊ हरेक रात आएर मेरो ओछ्यानमा रुन्छ
चिच्याउछ,कराउछ,बर्बराउँछ
जसरी म उस्को जीव्रोको इजलास अनि आवाजहरुलाई सम्झने
बुझ्ने प्रयास गर्दछु,
म ब्युझी जान्छु,
सपना मान्छु,
र फेरि पनि उसैगरी झ्यालढोकाहरुबाट उस्लाई हेरिरहन्छु
म देखिरहन्छु
ऊ उसैगरी किनारमा चुपचाप यथावत
पूर्ववत उघेर उभिरहेकै हुन्छ
मेरो ढोकाहरू मुन्तिर उभिएर बसिरहेकै हुन्छ
बेरोजगार….!
म हेरिरहेछु
देखिरहेछु
उस्लाई ग्रीन गार्डेनहरू गिज्याइरहेछन,
र फेरि म सोचिरहन्छु
सरकार!
सायद उस्ले अघिल्लो रात बारम्बार मसँग केही माग्ने
अनवरत
प्रयास गरिरहेथ्यो
सधैसधैं यसरी नै चुपचाप यथावत !
फगत!
अनि आफ्नै अदालत
र स्वयम स्वर्गका इन्द्रराज
अनि अफ्सराहरू झै सम्झिएर
मानौ, मेरो घर न्यायलय हो
जहाँ,
ऊ लाजले केही मागिरहेथ्यो….
फगत
सम्भवत,
मेरो अन्दाज
हुनसक्छ कि,
हराएका उस्का प्राकृतिक सुन्दरताका रङ्गहरु…
अनि उस्का आफ्नै स्वभाविक समानताहरु…
सायद,
सर्वोश्रेष्ठ वसन्त ऋतुहरुसँग
मेरो देशमा त्यस्तो एउटा इन्साफको दोष छ
मेरो खेतमा यस्तो एउटा गुलाफको बोट छ ।
