कुन दुनियाँ हो जहाँ क्रान्तिकारिलाई सिङ्गो संसार बिरोध गर्छ?
जस्तो कि हेर आफ्नै बाबुले पनि छोराको विचार बिरोध गर्छ
भुस्याहा कुकुर र बेस्या बाँदरहरुलाई केही पनि चाहिदैन हेर(२)
जिन्दगीमा पागल बौलाहले फगट अरुलाई बेआधार बिरोध गर्छ
प्रहरी आफ्नै आखैअगाडि देखेपछि त यस्तो पनि हुदोरहेछ कि(२)
एउटा भिखारी भस्टचारिले पनि यहाँ भ्रष्टचार बिरोध गर्छ
सरकार आज त्यो गरिबले त्यसै तेरो ढोका ढक्ढक्याएको हैन(२)
पापीले हैन पीडितले नै अहिले अदालत अनि बालुवाटार बिरोध गर्छ
नरजनावार तैले औटा निर्दोष अरिङ्गाललाई चलाइस चलाइरहिस(२)
यादरहोस अब जिन्दगीभर तलाई त्यसले तलाई मार बिरोध गर्छ
फुटपाट किनारमा सारा बञ्जाराहरुको घर्वार बिगार्दियो यार(२)
यसैले त ऊ आज बजारमा आएर अग्लो दरवार बिरोध गर्छ
यो पागल ब्रहमाण्ड कस्तो हो यार कस्को हो यो ब्रह्माण्ड कस्तो ?(२)
यस्तो लाग्छ भगवानले पनि केबल भलाद्मी अनि इमान्दार बिरोध गर्छ
डाक्टर साब उस्को अपरेशन सफल गर्दिनुहोस यदि ॐ ऊ अकाल(२)
हस्पिटलमै मर्यो भने मासमिडिया सिङ्गै अस्पतालकै उपचार बिरोध गर्छ
म पनि अब तिनीहरुलाई त्यसरी नै बिरोध गर्नेछु गरिरह्नेछु गान्धी हेर(२)
जस्तो कि यहाँ सधा ती कलिला कलमहरुले कडा हतियार बिरोध गर्छ
कुन दुनियाँ हो जहाँ क्रान्तिकारिहरुलाई सिङ्गो संसार बिरोध गर्छ?
देशद्रोही या बिद्रोही हो ऊ जस्ले आफ्नै बाबुको विचार बिरोध गर्छ
