आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
सरकार त्यो गरिब आफ्नो सारा संसार बेचेर
चन्द्रमुहार हेर्न अदालताकास आएको हो कानून (२)
अरे यार जुन जस्को आफैमा नजर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
फेरि पनि ऊ त्यो बौलाहा बेस्याले अब सिङ्गो गुम्बा र
भक्तभगवानहरू भत्काएर अनि बुद्ध बिगार्ने छ हेर (२)
एड्स र रेबिजले पशुपति-स्वयम्भुको बादर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
जिन्दगीभर तिमीले फगत अहङ्गकार गरिरह्यौ सायद (२)
ऐना हेरेरै धेरै यसैले आज तिम्रो अधर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
उसलाई पनि अँझै कति खाने रहरहरू थियो होला? (२)
जस्को शरील थलथल मोटाएर अहिले सुगर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
सायद यस्तै केही सोचेर सिद्दार्थ गौतम बुद्ध भएका हुन (२)
किन यो संसारमा शान्ति सिकाउने टिचर बिग्रिएको छ?
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
ए कौवा परेवा र जुनकिरीहरू हो मेरो आगनमा आएर (२)
आमालाई नरुवाऊ परदेशमा मेरो खबर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
कैले पनि जीवनमा ज्यालादर नबडाउने शोषक साहु भन्छ (२)
मान्छेहरू धनी भएरै आज मेरो ब्याजदर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
सरकार यो मुलुकमा किसान तब ज्युदोलास बनेका हुन (२)
जिन्दगीभर जब धानको भौ देशभर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
आऊ पैसा भए जो कोही कुत्ता उस्को इज्जत किनेर जाउ (२)
मेरो चोकमा औटि कुकुर्निको पुछ्छर बिग्रिएको छ
आज यो देश बिग्रिएको छ अनि घर बिग्रिएको छ
मानौ कि अस्पतालको कुनै डाक्टर बिग्रिएको छ
यो सिङ्गो साम्राज्य समालेर भोलि ईतिहास लेख्ने उनै हो हेर (२)
जस्ले कागजमा कोर्दा कलिलो अहिले अछ्एर बिग्रिएको छ