ठुला ठुला महल हैन मलाई
मात्र शरीर ओत्ने बास भए पुग्छ
ठुला ठुला रेस्टुरेण्टको खाना हैन मलाई
मात्र आफ्नै घरको गुन्द्रुकको गास भए पुग्छ !!
हिडडुल गर्न मोटर गाडी हैन मलाई
भगवानले दिएको दुई खुट्टा भए पुग्छ
काडा अनि सानो तिनो छेस्कोबाट बचाउन
मात्रा एक जोर सस्तो र बलियो जुत्ता भए पुग्छ!!
ठुला धनीहरुले पनि त हिरा मोती अनि
सुनचाँदी अन्य बस्त्र त खादो रहेन्छ
जति भए पनि मरेर जादा आखिर
मात्र एउटा कात्रो शिबाय अरु केही लिएर जादो रहेन्छ!!
ठुला ठुला बोर्डिङ् स्कुल सकिंदैन छोरा छोरीलाई पढाउन
मात्र असल, अनुशाशित र लगनशिलको पाठ् भए पुग्छ
खुशी र सुखी जिन्दगी भनेको त मलाई
सम्पन्न नै सधैम्भरि परिवारसँग अटुट् साथ भए पुग्छ!!
तेरो मेरो भन्नु नै जिन्दगीमा के रहेछ ? र
मात्र हासखेल् गरी रमाइ बाँच्नु रहेछ
यो दुई दिनको मरी जाने चोलामा सम्पूर्णसँग
हजुर,तपाईं, नमस्कारको माया गाँस्नु रहेछ!!
