हरेक दिन भट्टीनजिकै मेरो भेट ऊसँग हुन्छ
म उस्लाई केही कविता सुनाउन खोज्छु
ऊ सुन्दिन भन्छ मलाई
र भन्छ कि बरु उल्टै रक्सी खाने?
म खान्न भन्छु
म उस्लाई हरेक दिन भेटेर रक्सी नखाने सल्लाह दिन्छु,
ऊ हुन्छ म भोलिदेखि खान्न भन्छ,
र मलाई कविता नलेख्न सल्लाह दिन्छ
म पनि हुन्छ भोलिदेखि लेख्दिन भन्छु
अन्तत,भोलिपल्ट हाम्रो भेट त्यही भट्टी नजिकै हुन्छ
म उस्लाई त्यसदिन उस्का बारे कविताहरू सुनाउन खोज्छु
ऊ फेरि मलाई रक्सी खाने भनेर सोध्छ?
फगत,
हामीहरू यसरी नै भेटिरहन्छौ सधैं त्यो चोक र भट्टीहरुमा
हामीहरू हिडिरहन्छौ सधैं सधैं
बस एकनास एक्लैएक्लै बसिरहन्छौ
न त,
मलाई रक्सी नै कुनै जरुरत
नत उस्लाई कविताको नै कुनै?
र त,
सधैं सधैं
गाउँ गिज्याइरहन्छ फगत हामीलाई ।
