Skip to content

राष्ट्रभक्त प्रहरी


हरप्रहर यी गाउँ शहरहरुलाई रातभर
लगातार चन्द्रमाको शीतल प्रकाशहरुमा
शान्त सुटुक्क सुताइरहने एकनाश
अनि जिन्दगीभर देशको मुटु र कलेजोमा बसेर
हरेक अङ्गअङ्गहरुमा रक्तसञ्चार गरिरहने
हाम्रो शरीरको केन्द्रीय भागमा बसेर
घरका दुश्मन
काल सर्पहरुको पनि महाकाल
जङ्गलीहरुको जहरलाई तनमा बिसाक्त बन्न नदिने
शहरका शत्रु
अनि देशद्रोहीहरुलाई तह लगाएर
सीमानामा बसेर
बिदेशी शक्तिको आक्रमणलाई
परास्त गर्ने
मन्दिरमा बसेर भुतको प्रवेशलाई निसेद गर्ने
हाम्रो कुटिमा तिरले लछ्मणरेखा कोरेर
दुष्ट देवता र रावणहरुको हस्तछेपलाई बन्देज गर्ने
हाम्रो शरीरमा
क्यान्सरजस्ता जैबिक अबरोधहरू सँग लडेर
निरन्तर उसको मनपरीलाई सखाप पार्ने
हाम्रो समाज अनि
हाम्रो संसारलाई स्वाथ्य बनाउने
एउटा रोगप्रतिरोधात्मक छ्यमता
अनि एक इमान्दार चौकिदार हो
एउटा राष्ट्रभक्त प्रहरी……

जुन दिन
हामीभित्र ऊ आफै घायल हुनेछ
जुनदिन ऊ हाम्रो देशमा बिवश हुनेछ
तब, ऊ चोरको दुइचार चोक्टाहरुमै पनि बिकेर
गाउँ सहर देश छिर्न दिनेछ दुश्मनहरू
उसको जिब्रो र नाकहरू आफै काटिनेछन
अनि छाड्नेछ उसले चोरहरू भुक्नलाई
अनि छाड्ने छ उसले थाहा पाउन
चोरका प्रतेक सहज स्पर्श चाल र आगमनहरुलाई
ऊ रातभर बेहोस वातावरण झै निदाइरहनेछ
दिनदाहडै दिल्लीमा देश बेचबिखन
र मातृभूमिको माटो परदेश पलायन हुनेछ
ऊ जीवनभर आकाशको
कुनै दृस्यमान ईश्वर झै
हेरिरहने छ हरसमय पृथ्वीमा आएका भयङ्गकर प्रकृतिक प्रलयहरू
निश्चय,
त्यसदिन उसको धर्म पनि निब्नेछ
उसको आदर्श मर्नेछ
त्यसदिन उसको राष्ट्रभक्ति सकिनेछ
अनि भित्रीनेछ अनि एउटा अदुस्य प्रेत शक्ति
बोक्सीहरू चुसिरहनेछन
हाम्रो घरको गृह लछ्मिको पवित्र दुधहरू
बिल्लीहरुले मुसो हैन कि घरका परेवाहरू सिकार गर्दै हिड्नेछन
मुसोहरू मौलाइरहनेछ्न
सर्पहरू सल्बलाइरहनेछ्न
भ्रष्ट दुष्टहरू दिनहुँ मोटाइरहनेछन
तर एकसाथ मेलमिलाप सहित
तब प्रतेक पल पीडित बन्दै जानेछन मान्छेहरू
तब हाम्रो गाउँ रोगी बन्नेछ
हाम्रो देश जोगि हुनेछ
तब,लाखौ उपचार गरेपनी
काम लाग्ने छैनन् कुनै पनि बैध्य,डाक्टर,धामिझाकृहरू
तब हाम्रो यो सिङ्गो पृथ्वी बिस्तारै बिस्तारै
अकाल पतनको पर्खालमा पुरिनेछ

सायद,
उसको लास पनि कहिले उठाइनेछैन बाटोहरुबाट
त्यसदिन ऊ आफै पनि लज्जित कुत्ता झै मारिएर।
सडकमा लावारिश फ्याकिनेछ
सत्रुका स्वार्थहरू सकिएपछि
अनि अन्तिममा अपराधीहरुबाट
ऊ आफै पनि स्वय म मर्नेछ
किन कि,
मान्छेहरू नै मरिसकेपछि
स्वय म मान्छेको भित्रको इम्युनिटी पावर
कहिले पनि जीवित रहन सक्दैन? ।

जुनदिन उसले
अपराध अनि पापबाट यो संसारलाई मुक्त गर्न
आफ्ना अठोट पहिलाहरू सपथमा चाल्नेछ
तब ऊ जति नै कमजोर भए पनि
उसलाई जुनसुकै विश्वबिख्यात अलौकिक शक्तिले पनि
दिलमा दखल र चोटहरू दिन सक्ने छैन
पर्मेश्वरलाई पुकारिरहने छ ऊ आजादीहरुको लागि
अफसोच,
ऊ मध्यरातमा मसान चुडेल र भुतहरुबाट
उसको ड्युटी स्पटबाटै अपहरण गरेर
यदि बर्दीमै अकाल मारिएछ नै भने पनि
अफसोच
यदि उसलाई यशु कृस्ट झै प्रताडित यातनाहरुमामा तड्पाएर
यदि कुकुर झै काटेर चोरबाट जङ्गल या खोलामै फ्याकिएछ भने नै पनि

पिरचिन्ता बिलकुल नलेऊ ए बहादुर! सिपाही
यसकारण कि भोलि!
यी अमरपुर मन्दिरका मधुर मूर्तिहरू हटाएर
बिहानको पहिलो किरणसङ्गै
ती निर्जीव भगवानहरू जङ्गल र फोहोर सडक किनारमा फ्याकिनेछ
र सट्टामा तिम्रो मरेको लासको पूजा आरती उतारिनेछ जरुर

अनि मध्यरातसम्म पनि ती धामहरुमा
तिम्रो हरेराम भजन किर्तन गरिरहनेछ जरुर

जसरी कि
सत्यको संसारमा
जिन्दगीभर जहिले पनि एउटा शहीदको शालिक
मन्दिरमा भगवान भएर बसिरहन्छ
यसरी नै अनि निरन्तर
एउटा सच्चा राष्ट्रभक्त प्रहरी पनि
हरप्रहर अमर बाचिरहन्छ
स्वय म ऊ भगवान बन्छ।
हरदम हरप्रहर अमर बाचिरहन्छ ।

बाचुञ्जेल सेण्टरमा बसेर
अनि मरेपछि मान्छेका अन्तर आत्माहरुमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *